भैलाे/देउसी खेलेकाे पैसाले खाेटाङमा विपद् व्यवस्थापन कोष

भैलाे/देउसी खेलेकाे पैसाले खाेटाङमा विपद् व्यवस्थापन कोष

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा देउसी खेलेर जम्मा भएको रकमले विपद् व्यवस्थापन कोष खडा गरिएको छ ।

तिहारको लक्ष्मीपूजाका दिन भैलाे/देउसी खेलेको रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरिएको हो । यसपल्ट भैलाे/देउसी खेलेर जम्मा भएको १ लाख र अघिल्लाे वर्षको देउसीमा संकलन भएको ३५ हजार रुपैयाँ मिलाएर काेष स्थापना गरिएको विपद् व्यवस्थापन समितिका सचिव गंगाबहादुर विश्वकर्माले बताउनुभयो ।

विपद् व्यवस्थापन कोष सञ्चालनका लागि शनिबार ध्रुबविक्रम राईको अध्यक्षतामा कोष सञ्चालक समितिको २७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । ५० लाख रुपैयाँको कोष खडा गर्ने र कोषको ब्याजबाट आगलागी, बाढी पहिरो, चट्याङ तथा भूकम्पजस्ता प्राकृतिक प्रकोप एवं मुटु, मिर्गौलाजस्ता दीर्घरोगबाट पीडित भएका स्थानीयलाई सहयोग गरिने लक्ष्य राखिएको सचिव विश्वकर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्