आइपुग्यो सेनाको नयाँ कार्गो जहाज, यस्ता छन् विशेषता

आइपुग्यो सेनाको नयाँ कार्गो जहाज, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली सेनाको नयाँ कार्गो जहाज सियन २३५—२२० काठमाडौं आइपुगेको छ । सन् २०१७ मा खरिद सम्झौता भएको जहाज शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुई वर्षअघि भएको सम्झौता अनुसार नयाँ कार्गो जहाज इन्डोनेसियाबाट काठमाडौं आइपुगेको जानकारी दिए ।
उनका अनुसार सो जहाज सेनाले विभिन्न सामानको ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक वितपतका बेला राहत तथा उद्दारका लागि प्रयोग गर्नेछ ।

तीन करोड ४७ लाख डलरमा खरिद गरिएको सो जहाजमा ५१ जनासम्म यात्रु बोक्न सक्ने क्षमता छ । अवस्थाअनुसार विपदका बेला समेत प्रयोग गर्न मिल्ने र सैन्य तालिमहरुमा समेत प्रयोग गर्न मिल्ने किसिमको विमान भएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्