व्यवसायीले यसरी छल्छन् कर, सरकारबाट लिन्छन् तर बुझाउँदैनन्

व्यवसायीले यसरी छल्छन् कर, सरकारबाट लिन्छन् तर बुझाउँदैनन्

काठमाडौँ ।  व्यावसायिक संस्थाहरुले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ ।  मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरुले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ ।

सोही प्रावधानबमोजिम व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम लिने गरे पनि सामान बेच्दा तिर्नुपर्ने भ्याट रकम नतिर्दा कर छली हुने गरेको हो ।

स्रोतका अनुसार कर छली गर्न व्यवसायीहरुले दुई किसिमको ब्यालेन्ससिट तयार पार्ने गरेका छन् । जसअनुसार व्यवसायीले बैंकलाई नाफा भएको स्टेटमेन्ट बुझाउने र कल कार्यालयलाई घाटा भएको बुझाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्