कोशी नदीमा पौडी खेल्न गएका युवक बेपत्ता, नहरमा डुबेर महिलाको ज्यान गयो

कोशी नदीमा पौडी खेल्न गएका युवक बेपत्ता, नहरमा डुबेर महिलाको ज्यान गयो

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित कोशी नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् । पौडीखेल्न गएका ३ जना मध्ये एक जनालाई खोलाले बगाएर बेपत्ता बनाएको हो । चितवन नारायण घाट घर भई बराहक्षेत्र नगरपालिका ३ नहडा स्थित मामा एकराज पौडेलको घरमा आएका बर्ष १९ का अनिस चौधरी, बराहक्षेत्र नगरपालिका ३ नहडा बस्ने बर्ष १८ को मनिस नेपाली र बर्ष १९ को एमन बिक पौडि खेल्न गएका थिए । उनीहरु मध्ये अनिस चौधरीलाई बगाई लगेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। वेपत्ता भएका ब्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
यसैबिच सुनसरीमा नहरमा डुबेर एक महिलाको ज्यान गएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङगे गोसलाईन स्थित नहरमा बस्ने बर्ष ४० कि मेनुका राईको नहरमा डुबेर ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्