विराटनगरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता, खेल हेर्न भारत र नेपालका हजारौ दर्शक

विराटनगरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता, खेल हेर्न भारत र नेपालका हजारौ दर्शक

विराटनगर । विराटनगर–१८ बुधनगरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता पहिलो पटक आयोजना गरिएको छ । स्थानिय युवाहरुको सक्रियतामा दिपावली तथा छठ पुजा समितिद्धारा आयोजना गरिएको खेलमा नेपाल र भारतका ४ दर्जन बढी पहलमानहरुको सहभागिता रहेको थियो । विराटनगरको बुधनगरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा हेर्न आउने हजारौं दर्शकको सहभागिता रहेको थियो ।
लोप हुदै गएको कुस्ती खेललाई संरक्षण एवम संबद्र्धन गर्नको लागी आयोजना गएिको कुस्ती खेल हेर्न भारतदेखी पनि दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो । प्रतियोगितामा भारतको दिल्ली, जयपुर, पञ्जाब, लखनउ,बनारस र बिहारका ४० जनासहित नेपालका विभिन्न जिल्लाका २५ जना पहलमानहरु सहभागी थिए ।
मौलिक परम्परा अनुसार आयोजना गरिएको कुस्ती खेलका सहभागिलाई हौस्याउन ढोल बजाएर उत्साहित गरिएको थियो । कुस्तीमा आफ्नो कलाकौशल र शक्ति प्रर्दशन गरेको हेर्न दर्शकहरु खेल मैदानमा खचाखच थिए
नवलपरासीका पहलमान बसन्त थापा र भारतका प्रतिस्पर्धीबीच भएको कुस्ती प्रदर्शनले दर्शक रोमाञ्चित भएका थिए । तीन दशक अघिसम्म मोरङ, सुनसरी, सिरहा, सप्तरी र धनुषा लगायत मिथिलाञ्चलका विभिन्न क्षेत्रहरुमा उल्लेख्य संख्याका पहलमानहरु थिए ।
पछिल्लो समय मनोरंजनका आधुनिक साधनहरुको बिकास भएपछि कुस्ती प्रतियोगिता हराउदै जान थालेको छ । कुस्ती खेल सांस्कृतिक र पारम्परिक खेल हुनुका साथै स्वास्थ्यसंग समेत प्रत्यक्ष गांसिएको खेललाई राज्यले संरक्षण गर्न आवश्यक देखिन्छ ।

https://www.facebook.com/ourbrt/videos/762284147542889/?v=762284147542889

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्