प्रदेश प्रमुख पदमुक्त गरेर सरकारले द्वन्द्व निम्त्यायोः कांग्रेस

प्रदेश प्रमुख पदमुक्त गरेर सरकारले द्वन्द्व निम्त्यायोः कांग्रेस

काठमाडौ ।  आइतबारको मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गरेर सरकारले द्वन्द्व निम्त्याएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गलत निर्णय लिएको बताए । उनले भने, “सरकारले पूर्वाग्राही ढंगले काम गरेको छ । यसले दलहरुबीच द्वन्द्व सिर्जना गर्न बल पुगेको छ ।”

सरकारले गर्नुपर्ने काम नगरेर गर्नै नपर्ने काम गरेको प्रवक्ता शर्माले बताए । उनले भने, “सरकारमाथि नैतिक प्रश्न उठेको छ । सात जनाको लोभमा सरकार फस्नु हुँदैनथ्यो ।”प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेर सरकारले निर्वाचन आचार संहिता समेत उल्लङ्घन गरेको उनले बताए । उपनिर्वाचनको आचारसंहिता लागू भएकाले अहिले पदमुक्त गर्न नमिल्ने उनले बताए ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३ माघ २०७४ मा तोकेका प्रदेश प्रमुखहरुलाई आइतबारको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार, आइतबार साँझै राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्