भोजपुरको श्यामशिलामा ६५ लाखको खर्चमा गुम्बा निर्माण हुँदै

भोजपुरको श्यामशिलामा ६५ लाखको खर्चमा गुम्बा निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलामा वौद्धधर्मको संरक्षण तथा प्रसार प्रसार गर्ने उद्धेश्यले निकै ठुलो लगानीमा वौद्धगुम्वा निर्माण भइरहेको छ । गाउँमा जिल्लाकै ठुलो गुम्वा निर्माण भएपछि स्थानीय पनि हर्षित बनेका छन् ।

बौद्ध धर्मको जर्गेणा गर्ने उद्धेश्यले भोजपुरवासीले गुम्वा निर्माणको कामलाई अघि बढाएका हुन् । शुरुमा श्रमदान र चन्दा संकलन मार्फत निर्माण शुरु गरिएकोमा अहिले भने गाउँपालिकासँगै प्रदेश सरकारले समेत चासो देखाएको छ । प्रदेश सरकारको ३० लाख र अन्य सहयोगसहित करिव ६५ लाख खर्चमा गुम्बा निर्माण भइरहेको छ ।

आफ्नो ठाउँमा निकै ठुलो लगानीमा बौद्ध गुम्बा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । गुम्वा निर्माण सम्पन्न भएसंगै यहाँ शेर्पा, तामाङ, गुरुङ लगाएत समुदायका करिव २ सय परिवार लाभान्वित हुने निर्माण समितिको भनाई छ । स्थानीयले बौद्ध विद्यालय समेत सञ्चालन गर्ने लक्ष्य राखेका छन् ।

गाउँपालिकाले सवै भाषा धर्म संस्कार सस्कृतको संरक्षणका लागि काम गर्ने जनाएको छ । यस क्षेत्रमा रहेको लोपान्मुख किरात राईहरु दुङ्मालीको संरक्षणको लागि दुङमाली भाषा संग्राहलयको समेत निर्माण भइरहेको गाउँपालिकाको भनाइ छ । गुम्बा निर्माणले गाउँपालिकाको मुहार फेर्ने र धेरैले बौद्ध धर्मसम्बन्धी शिक्षा पनि पाउने हुँदा स्थानीयपनि हर्षोल्लासका साथ गुम्बा निर्माण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्