सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो , झापाका विष्णु प्रसाईँको नाम सामेल

<span class='c1'>सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो ,</span> <span class='c2'>झापाका विष्णु प्रसाईँको नाम सामेल</span>

काठमाण्डौ कार्तिक १८  , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ ।

आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेश प्रमुखको पदमुक्त गरिएको  थियाे । नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताए ।

पार्टीले अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलोनी, विष्णु प्रसाईँ र शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको छ ।

कुन प्रदेशका लागि कसलाई पठाउने भन्ने बारेमा के गर्ने भन्ने कुरा सरकारले राष्टपतिसँग सिफारिस गर्ने छ ।

उक्त उल्लेखित नाममा विष्णु प्रसाईँ झापाका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्