करणी उद्योगको अभियोगमा कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान

<span class='c1'>करणी उद्योगको अभियोगमा कृष्णबहादुर महरा</span> <span class='c2'>पुर्पक्षका लागि जेल चलान</span>

काठमाडौं । जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । आइतबार शुरु भएको थुनछेक बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ । महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशानुसार मुद्दा प्रक्रिया नटुंगिदासम्म महराले थुनामै रहनुपर्ने छ । यद्यपि, महराले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउने छन् । फौजदारी मुद्दाको पुर्पक्षका लागि थुनामा चलान भएसँगै महरा प्रतिनिसभा सदस्य (सांसद) पदबाट स्वतः निलिम्बित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्