ईटहरीमा म्याजिक र टेम्पो ठोक्किएर दुर्घटना, २२ जना घाईते

ईटहरीमा म्याजिक र टेम्पो ठोक्किएर दुर्घटना, २२ जना घाईते

विराटनगर । सुनसरीमा म्याजिक र टेम्पो ठोक्कीएर भएको दुर्घटनामा २२ जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तरगत ईटहरीको जालपा पेट्रोल पम्प नजिकै सवारी दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।
सोमबार दिउँसो ४ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ज २८३५ नम्बरको म्याजिक र विपरित दिशाबाट आउँदै गरेको को २ ह ५९३ नम्बरको ट्याम्पो एक आपसमा ठक्कर खादा ट्याम्पोमा सवार र म्याजिकमा सवार २२ जना घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

घाइते मध्ये ५ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकाहरुलाई विराटनगरका बिभिन्न अस्पतालमा ल्याईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्