निर्दयी श्रीमान, जसले श्रीमतीको अनुहार उम्लिएको तेलमा डुबाइदिए

निर्दयी श्रीमान, जसले श्रीमतीको अनुहार उम्लिएको तेलमा डुबाइदिए

सिन्धुली । दुधौली नगरपालिका–४ एकहटिया निवासी ३५ वर्षीय रितु सदा (मुसहर)ले ३२ वर्षीया श्रीमती आशा सदाको अनुहार उम्लिरहेको तेलमा डुबाएर गम्भीर घाइते बनाएका छन् ।

घरायसी विवादमा रितुले शनिबार राति श्रीमतीको अनुहार माछा तारिरहेको तेलमा डुबाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घाइते महिलाको स्थानीय मेडिकलमा सामान्य उपचारपछि आइतबार नै थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको र यहाँ पनि राम्रो उपचार नहुने भएपछि काठमाण्डौ पठाइएको छ ।

घटनापछि उनका श्रीमान रितु फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । महिलाको आर्थिक अवस्था निकै कमजोर रहेकाले काठमाण्डौसम्म जाने र टिचिङ हस्पिटलमा निःशुल्क उपचारको व्यवस्था मिलाएर पठाएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्