बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्केर एकजनाको मृत्यु

बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्केर एकजनाको मृत्यु

ओखलढुङगा । ओखलढुङगाको मोलुङ गाउँपालिका–३ थुम्कीमा भरुवा बन्दुकले लागेर एकजनाको ज्यान गएको छ । मोलुङ ३ का १७ बर्षीय लालमान तामाङको भरुवा बन्दुकले लागेर ज्यान गएको हो ।
स्थानीय थुम्की जंगलमा बादर लखेट्ने क्रममा चित्र बहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कदा तामाङ घाईते भएका थिए । घाईतेलाई उपचारको लागी काठमाण्डौ लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट गएको प्रहरी टोलीले एकजनालाई पक्राउ गरेको छ । घटनामा संग्लग्न अन्य ४ जना फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट एकथान लोड भएको अवस्थामा र एक थान पड्किएको अवस्थामा रहेको भरुवा बन्दुक समेत बरामद भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्