सुनसरीको विभिन्न १२ वटा स्थानीय तहमा आर्थिक गणना कार्यक्रम सम्पन्न

<span class='c1'>सुनसरीको विभिन्न १२ वटा स्थानीय</span> <span class='c2'>तहमा आर्थिक गणना कार्यक्रम सम्पन्न</span>

जयकृष्ण यादव
इनरुवा, कात्तिक २० गते । सुनसरीको विभिन्न १२ वटा स्थानीय तहमा आर्थिक गणना कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको दर्ता भएका, नभएका र आर्थिक कारोबार गर्ने सबै प्रतिष्ठानको आर्थिक गणनामा समावेश गरिएको तथ्याङ्क कार्यालय सुनसरीले जनाएको छ ।

जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिकासहित १२ वटा स्थानीय तहमा गरिएको आर्थिक गणनाको नतिजा सार्वजनिकीकरण कार्यक्रममा मार्फत् मंगलबार सार्वजनिक गरिएको हो ।

कुल ३१ हजार ५३६ वटा आर्थिक कारोबार गर्ने प्रतिष्ठान रहेको छ । आर्थिक गणनामा साना ठूला उद्योग, कलकारखाना, थोक तथा खुद्रा व्यापार, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था, कृषि वन तथा माछा पालन, वित्तीय तथा विमा सहितको क्षेत्रलाई समावेश गरी पहिलोपटक सार्वजनिक गरिएको नतिजाको तथ्याङ्क अधिकृत सुभास अधिकारीले दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी इटहरी उपमहानगरपालिकामा आठ हजार ७५७ र सबै भन्दा कम भोक्राहा नरसिंह गाउँपालिकामा ७३३ वटा प्रतिष्ठानहरु रहेका छन् ।
कार्यक्रममा कृषि अधिकृत दिपेन्द्र पोखरेल र सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईलगायतकाले सार्वजनिक गरिएको आर्थिक गणना बारे टिप्पणी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्