भारतबेन्जको आफ्नै शोरूम इटहरीमा

भारतबेन्जको आफ्नै शोरूम इटहरीमा

सुनसरी । विगत ४ वर्षदेखि टिपर, ट्रक विक्री गर्दै आएको भारतीय कम्पनी भारतबेन्जले सुनसरीको तितरबनामा आफ्नै भवनबाट गाडी विक्री शुरू गरेको छ ।
बेन्जको नेपालका लागि आधिकारिक विक्रेता ओम्नी मोटर्स प्रालिले पूर्वको बजारमा टिपरहरूको माग बढ्दै गएकाले आफ्नै शोरूमबाट किनबेच, मर्मत लगायत सम्पूर्ण पार्टपुर्जा पाइने गरी शोरूम स्थापना गरेको हो ।

शोरूमको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल, रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी र कोशी गाउँपालिकाका अध्यक्ष एयुब अन्सारीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । काठमाडौं, बर्दीबास, विराटनगर, इटहरी लगायत देशका अन्य ठाउँमा ओम्नी मोटर्सका गाडीहरूको माग धेरै बढेकाले सुनसरीमा आफ्नै शोरूम खोलेको अध्यक्ष राजेन्द्र काब्राले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्