स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुर, कार्तिक २१ गते ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-७ मा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा बेल्टारबाट बिरेन्द्र बजार तर्फ जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले बाटोमा हिडिरहेका पैदल यात्री चौदण्डीगढी नगरपालिका-८ का ६० बर्षीया नम्रता थापालाई ठक्कर दिंदा घाईते भएकी थापालई उपचारको लागी प्राथसामिक स्वास्थ्य केन्द्र बेल्टार लगिएकोमा स्वास्थ्य केन्द्र पुर्‍याउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

बस र बस चालक उक्त कार्यालयको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्