झापामा बन तस्कर सल्बलाए, रातारात खोला किरानबाट सालको काठ तस्करी

<span class='c1'>झापामा बन तस्कर सल्बलाए, रातारात</span> <span class='c2'>खोला किरानबाट सालको काठ तस्करी</span>

रबिन्द्र बराल
रंगेली । ईलाका प्रहरी कार्यलय झिलझिलेले ठुलो परिमाणको अबैध काठ बरामद गरेको छ । शिवसताक्षी नगरपालिका १० को दोमुखामा रहेको वनबाट सालको काठ चोरी तस्करी गरेको अबस्थामा प्रहरीले सो काठ बरामद गरेको हो ।
प्रहरीको बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण्डमा गएको गस्तीटोलीले कनकाई माई खोलाको पश्चिम तर्फको किनारमा पानी भित्र लुकाई राखेको अबस्थामा सालको गोलिया बरामद भएको हो ।
प्रहरीले १५ थान गोलिया काठ बराबरको रहेको जनाएको छ । करिब ६ लाख रुपैयाँ बराबरको बारिसेकाठ आबश्यक कारबाहीको लागि कनकाई सव डिभिजन बन कार्याललय सुरुङ्गामा बुझाईएको प्रहरी निरीक्षक ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्