फिल्म ‘प्रेम गीत ३’ को छायाँकन सुरु, यी छन् कलाकार !

 फिल्म ‘प्रेम गीत ३’ को छायाँकन सुरु, यी छन् कलाकार !

अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको  फिल्म ‘प्रेम गीत ३’को छायाँकन सुरु भएको छ । शुक्रबार काठमाडौँस्थित दक्षिणकाली मन्दिरमा शुभमुहूर्तसँगै फिल्मको छायाँकन सुरु गरिएको हो ।

बल्खुको सुन्दरीघाटमा निर्माण गरिएको दरबारको सेटबाट छायाँकन सुरु गरिएको फिल्म मनाङका रमणीय स्थलमा समेत खिचिने निर्माण युनिटले जनाएको छ ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, योगिसा खत्री, माओत्से गुरुङ, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहने फिल्म धेरै पुरानो प्रेमकथामा बन्न लागेको हो ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको फिल्मका निर्माता निर्देशक सेन नै हुन् ।  कल्याण सिंह र एलिश कार्कीको संगीत,  राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको नृत्य रहेन फिल्म बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गर्नेछन् ।

निर्देशक गुरुङ र मन्दिप गौतमले फिल्मको कथा तयार पारेका हुन् । चक्रबहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार सेन र ओएसआर डिजिटल सह–निर्माताका रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्