काठमाडौँ । नायिका आँचल शर्मा बिहे गर्ने तयारीमा छिन् । एक अन्तर्वार्ताका क्रममा आँचलले आफ्ना प्रेमी उदिप श्रेष्ठसँग यसै वर्ष बिहे गर्ने योजना बनाएको खुलासा गरिन् ।
सोलो नायिकाका रुपमा खासै जम्न नसकेकी आँचलले पछिल्लो समय ‘दाल भात तरकारी’ मा अभिनय गरेकी थिइन् । फिल्मले एकाउन्नौँ दिन मनाए पनि आँचलले भने फिल्मबाट खासै क्रेडिट पाइनन् ।
फिल्म नगरीमा पल शाहसँग प्रेममा रहेको हल्ला चले पनि आँचल र पलले यो गसिपको खण्डन गर्दै आएका थिए । पल र आँचल आफूहरु राम्रो साथी भएको बताउँदै आएका थिए ।
मिडियामा पल र आँचल प्रेममा रहेको चर्चा चलिरहँदा पेशाले डाक्टर उदिप श्रेष्ठसँग सम्बन्धमा रहेको चर्चा चलेको थियो । शुरुमा आँचलले आफूहरु प्रेममा परेको तर राम्रो साथी भएको बताए पनि अहिले भने आँचल र उदिपबीच सम्बन्ध नजिकिएको छ ।
यी दुईका परिवारले पनि आँचल र उदिपको सम्बन्धलाई स्वीकारेका छन् । आँचल उदिपको घरमा पनि आउने जाने गर्छिन् ।
सम्बन्ध यतिसम्म नजिक भएको छ कि, आँचलले उदिपसँग बिहे नै गर्ने भएका छन् । उदिपको परिवार पनि फिल्म क्षेत्रसँग नजिक छ ।