सदूरपश्चिम । प्रदेश सरकारका एकपछि अर्को मन्त्री विवादमा तानिएका छन्। कतिपय मन्त्रीविरुद्ध फौजदार मुद्दा नै दायर भएको छ भने केही बर्खातीमा परेका छन्। हालसम्म प्रदेशका तीन मन्त्रीले पद गुमाएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।
केही मन्त्री फौजदार मुद्दा लागेर पनि पदमै बसेका छन्।गत वर्ष कात्तिकमा सदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले पद गुमाएका थिए। महिलासँग अश्लिल बोलेको तथा उनको गाडीले मोटरसाइकललाई ठक्कर दिएको विषयमा विवाद भएपछि उनलाई बर्खास्त गरिएको थियो।
त्यसैगरी बैँकिङ कसुर मुद्दा चलेपछि कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीले गत भदौमा पद गुमाएका थिए। केदारसमेत रहेका खत्रीको कम्पनीले सडकको ठेक्काको क्रममा नक्कली बैँक ग्यारेन्टी पेस गरेको थियो। उनीविरुद्धको मुद्दा उच्च आलतमा विचाराधिन छ। पद गुमाउने पहिलो प्रदेशमन्त्री केशव स्थापित हुन्। प्रदेश ३ का भौतिक योजना तथा विकासमन्त्री रहेका उनलाई १६ भदौ ०७५ मा मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका थिए। मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री पौडेललाई गालीगलौज र दुव्यवहार गरेपछि उनलाई हटाइएको थियो।