बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट मन्त्रीको स्वार्थ पूरा नहुँदा स्थगित

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट मन्त्रीको स्वार्थ पूरा नहुँदा  स्थगित

काठमाडौं। उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको स्वार्थ पूरा नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट सञ्चालक परिषद् बैठक स्थगित भएको छ। मन्त्री यादवकै निर्देशनबमोजिम झन्डै महिना दिनअघिदेखि प्रतिष्ठानको सिनेट बैठक शुक्रबार कात्तिक २२ का लागि बोलाइएको थियो। बैठकका लागि सिनेट सदस्यहरू बिहीबार नै काठमाडौं पुगिसकेका थिए।

तर मन्त्री यादवले सिनेट बैठक अघि आफ्नो हुनेवाला सम्धी डाक्टर बिएन विश्वनाथ यादवलाई रजिष्ट्रारमा सिफारिस गर्न प्रतिष्ठानका कार्यबाहक उपकुलपति डाक्टर गुरु खनाललाई दबाब दिएका थिए। खनालले यो विषयमा कुलपति तथा प्रधानमन्त्रीसँग सल्लाह लिने जवाफ दिएपछि मन्त्री यादवले आफैंले बोलाएको महत्वपूर्ण सिनेट बैठक अचानक स्थगित गरेका हुन्। प्रतिष्ठानमा २३ जना सिनेट सदस्यहरू छन्।

बिपी प्रतिष्ठानमा रजिष्ट्रार पद रिक्त छ। केही महिनाअघि मन्त्री यादवकै सिफारिसमा डाक्टर बिएन यादव दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा नियुक्त भएका थिए। बिपी प्रतिष्ठानकै चिकित्सक डाक्टर यादव काजमा राप्ती प्रतिष्ठान गएका हुन्। राप्ती प्रतिष्ठानकी उपकुलपति डाक्टर संगीता भण्डारीसँग तीव्र मतभेद र विवाद भएपछि हिजोआज डाक्टर यादव बिपी प्रतिष्ठानमा नै छन्।आजको नागरिक दैनिकमा खवर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्