सुत्केरी लिएर आएका श्रीमानद्वारा अस्पतालमा आत्महत्या

सुत्केरी लिएर आएका श्रीमानद्वारा अस्पतालमा आत्महत्या

चितवन । सुत्केरी गराउन आएका एक पुरुषले भरतपुर अस्पतालमा आत्महत्या हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार लमजुङ्ग जिल्ला दुधपोखरी गाउंँपालिका वडा नम्बर २ बस्ने बिष्णुबहादुर सुनार उक्त हस्पिटलको मेडिकल वार्डको भर्याङ्गमा हिजो बेलुका ८ः४० बजे रुमालको पासो (लामो रुमाल) लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन् । अस्पतालमा उनले   श्रीमती सुत्केरी गराउन ल्याएको र बच्चा पैदा भए पश्चात आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

के कारणले आत्महत्या गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्