मोरङको गछियामा एक आपसमा २ वटा मोटारसाइकल ठक्कर हुँदा एकको मृत्यु

मोरङको गछियामा एक आपसमा २ वटा मोटारसाइकल ठक्कर हुँदा एकको मृत्यु

विराटनगर,२३ कात्तिक । मोरङको सुन्दरहरैचा ४ स्थित गछियामा शनिबार मोटारसाइकल दुर्घटना भएको छ । दुर्घटनाबाट मोटारसाइकल चालक एक जनाको मृत्यु भएको छ ।
पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ०९ प ३३०० नम्बरअको मोटरसाइकल र पश्चिमबाट पुर्व तर्फ जादै गरेको को २५ प ९४५१ नम्बरको मोटरसाइकल बिच एक आपसमा ठक्कर हुँदा मोटारसाइकल चालक एक जनाको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता राजकुमार खिउनुले जानकारी दिनुभयो।

मृत्यु हुनेमा को २५ प ९४५१ नम्बरको मोटारसाइकल चालक सुन्दरहरैचा ०८ बस्ने वर्ष १९ का बाल कुमार पुरी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते अर्का मोटारसाइकल चालक इटहरी ४ बस्ने वर्ष ४६ का टंक प्रशाद रिजालको विराट नर्सिङ होममा उपचार भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्