धरानमा चुनाव जित्न विकासका एजेण्डा, खहरेमा करिडोर, शहिद रत्न मार्गलाई आधा करोड

धरानमा चुनाव जित्न विकासका एजेण्डा, खहरेमा करिडोर, शहिद रत्न मार्गलाई आधा करोड

धरान । धरान उपमहानगरपालिका वडा नम्बर ८ को कच्ची बाटोलाई पक्की वनाउनको लागि ५० लाख रुपैयाँ वजेट विनियोजन भएपछि स्थानीय खुसी भएका छन् ।
शनिबार संघीय सांसद जय कुमार राईले वडा नम्बर ८ को शहिद रत्न मार्गको कच्ची बाटोलाई पक्की वनाउनको लागि संघीय सांसद विकास कोष मार्फत उतm वजेट विनियोजन गरेको वताए । नेपाल कम्युनिष्ट पाटी(नेकपा) को चुनावी घरदैलो अभियानको चुनावी कोण सभालाई शहिद चौकमा सम्वोधन गर्दै वर्षौदेखि पक्की वन्न नसकेको बाटोलाई पक्की सडक वनाउन वजेट विनियोजन गरेको बताए । उनले धरानलाई स्मार्ट सिटी वनाउने अवधारण अनुरुप कुना–कुनाको कच्ची बाटोलाई कालोपत्रे वनाउँदेै लैजाने बताउँदै शहिद मार्गलाई पनि प्राथमिकतामा राखिएको बताए ।
धरान –८ को शहिद रत्न मार्गमा धरान उपमहानगरपालिकाले पनि बाटो स्तरउन्नतीको लागि वजेटको व्यवस्था गरेर ड्रेन वनाउने काम भएको उपमहानगरपालिकाकी कार्यबाहक मेयर मन्जु भण्डारीले बताइन्। घरदैलो अभियानको चुनाबी कोण सभालाई सम्वोधन गर्दै कावा मेयर भण्डारीले सडक वन्ने कुरामा ढुक्क हुन वडावासीलाई आग्रह गरिन् ।
‘विकास र सम्वृद्धिको दृष्टिले देशकै नमुना शहर वनाउने लक्ष्य रहेकाले वडा नम्बर ८ ले विकासको महत्वपुर्ण खुड्किलो पार गर्नेमा उनले विस्वास दिलाईन् ।
खहरे खोलालाई नियन्त्रण गर्दै खहरे करिडोर र भोटपुलदेखि तीनघरे सम्म करिडोर वन्ने कार्य बाहक मेयर भण्डारीले बताएकी छन् । धरान उपमहानगर वडा नम्बर ८ की वडा सदस्य सावित्री परियारले जनप्रतिनिधी मार्फत वडाको आवस्यकतालाई प्राथमिकता राखेर अघि वढेको वताइन । पक्की सडक वन्ने भएपछि झण्डै ४ सय घरपरिवारलाई लाभ हुनेछ।
नेकपाको घरदैलो अभियानमा मेयर पदका उम्मेद्धवार प्रकाश राईले समग्र धरानको विकास र सम्वृद्धिको लागि आफु विजयी भएर गएपछि क्रमशः दीर्घकालिन र अल्पकालिन योजना वनाएर अघि वढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्