स्कुटी पल्टिएर तेह्रसालचोकमा एकको मृत्यु , एक गम्भीर घाईते

<span class='c1'>स्कुटी पल्टिएर तेह्रसालचोकमा एकको मृत्यु</span> <span class='c2'>, एक गम्भीर घाईते</span>

कात्तिक २४ चितवन । चितवनको भरतपुर महानगरपालिका(७ तेह्रसालचोकमा स्कुटी अनियन्त्रित भई पल्टिँदा स्कुटी चालकको मृत्यु भएको छ ।
स्कुटी पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । गितानगरबाट भरतपुर तर्फ आउँदै गरेको ना५९प ३३७० नम्बरको स्कुटी आइतबार बिहान अनियन्त्रित भई पल्टिँदा स्कुटी चालक भरतपुर(११ बस्ने २६ वर्षीय सुवास तामाङको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
स्कुटी पल्टिएर घाइते भएका तामाङको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते रत्ननगर नगरपालिका(६ बछौलीका करिब २० वर्षीया पुजा सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्