नेकपा इटहरी नगर सदस्य दिपेश रिजालको दुर्घटना भई उपचारको क्रममा मृत्यु

नेकपा इटहरी नगर सदस्य दिपेश रिजालको दुर्घटना भई उपचारको क्रममा मृत्यु

विराटनगर,२५ कात्तिक । इटहरीका दिपेश रिजालको दुर्घटनामा मृत्यु भएको छ । नेकपा इटहरीका नगर सदस्य समेत रहेका रिजाल गत शनिबार मोरङको सुन्दरहरैँचा(४ मा मोटरसाइकल दुर्घटनामा परेका थिए ।
दुर्घटनामा सोही दिन सुन्दरहरैँचा(८ का १९ वर्षीय बालकुमार पुरीको मृत्यु भएको थियो भने रिजाल गम्भीर घाईते भएका थिए । घाईते रिजालको बिराट नर्सिङ होमको आइसियुमा राखेर उपचार भईरहेको थियो । उनको उपचार त्यहाँ सम्भव नभएपछि भारतको सिलिगुडी लगिएको र त्यहाँको अस्पतालले उनको मृत्यु भएको जनाएको परिवार स्रोतले जनाएको छ ।
को ९ प ३३०० नम्बरको मोटरसाइकल र को २५ प ९४५१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्