धावनमार्ग मर्मतका लागि झापाको चन्द्रगढी विमानस्थल १० दिनका लागि बन्द हुने

धावनमार्ग मर्मतका लागि झापाको चन्द्रगढी विमानस्थल १० दिनका लागि बन्द हुने

झापा । धावनमार्ग मर्मतका लागि झापाको चन्द्रगढी विमानस्थल १० दिनका लागि बन्द हुने भएको छ ।

चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको १० दिनसम्म विमानस्थल पूर्ण बन्द हुने जनाएको हो । ‘विमानस्थल धावनमार्ग मर्मतसँगै स्तरोन्नति गर्न लागेका छौँ’, विमानस्थल प्रमुख पूर्ण चुडालले भने, ‘भदौ २० देखि असोज ११ गतेसम्म यसअघि १८ घण्टा विमानस्थल बन्द गरेर काम गरेका थियौँ ।’

त्यस बेला पानी परेकोले काम प्रभावित बनेको थियो । काम गर्नका लागि सहजता नभएकोले यसपटक पूर्णरूपमा बन्द गरिएको उनले जानकारी दिए । चन्द्रगढी विमानस्थलमा बुद्ध, यति, नेपाल, सौर्य, र श्री एयरलाइन्सले नियमित उडान भर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्