अब पण्डितले बेहुला-बेहुलीको नागरिकता हेरेर मात्रै विवाह गराउने

अब पण्डितले बेहुला-बेहुलीको नागरिकता हेरेर मात्रै विवाह गराउने

जाजरकोट । जाजरकोटका पण्डितले अब विवाह कर्म गराउनुअघि केटा र केटीको नागरिकता हेर्नुपर्ने भएको छ।जिल्लामा बालविवाह बढेपछि पण्डितहरुले नागरिकता हेरेर उमेर पुगेकाको मात्र विवाह गराउनुपर्ने नियम प्रहरीले बनाएको खबर आजको नयाँ पत्रिका दैनिकमा जाजरकोटबाट हेमन्त केसीले लेखेका छन्। नियम उल्लंघन गर्ने पण्डितमाथि कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ।

‘जिल्लाका पण्डितहरुसँग हामीले छलफल गर्यौं, वरबधूको जन्मदर्ता र नागरिकताको प्रमाण हेरेर मात्रै विवाह कार्यक्रम अघि बढाउन पण्डितहरु सहमत भएका छन्,’ जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु खत्रीले भने, ‘यो नियम नमान्ने पण्डितले कारबाही भोग्नुपर्छ।’

३० वर्षदेखि पुरोहित्याइँ गर्दै आएका भेरी नगरपालिका मटेलाका सत्यप्रसाद शर्माले उमेर नपुगेका केटाकेटीको विवाह नगराउन प्रहरीसँग प्रतिवद्धता जनाएको बताए।

‘उमेर नपुगेका केटाकेटीले विवाह गरिदिनुपर्यो भनेर बोलाए भने हामी जाँदैनौँ, सम्झाएर फर्काइदिने अभियानमा छौँ,’ पण्डित शर्माले भने, ‘प्रहरीको प्रशिक्षणले हाम्रो आँखा खोलिदिएको छ।’

तथ्यांकअनुसार जाजरकोटमा १९ वर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाको विवाह हुने गरेको छ।विवाह गर्न २० वर्ष उमेर पूरा भएको हुनुपर्ने नेपालको कानुनले व्यवस्था गरेको छ।

उमेर नपुगेकाको विवाह गराउने पुरोहित, लमी तथा अभिभावकलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने पनि व्यवस्था कानुनले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्