पाँचथरमा टिप्पर दुर्घटना : नेपाली सेनाका एक जवानसहित दुईजनाको मृत्यु

पाँचथरमा टिप्पर दुर्घटना : नेपाली सेनाका एक जवानसहित दुईजनाको मृत्यु

फिदिम कार्तिक २७ । पाँचथरमा मंगलबार राति टिप्पर दुर्घटना हुँदा नेपाली सेनाका एक जवानसहित दुईजनाको मृत्यु भएको छ ।

निर्माणधीन कोशी करिडोर अन्तर्गत जिल्लाको हिलिहाङ गाउँपालिकामा भएको सो दुर्घटनामा नेपाली सेनामा कार्यरत हिलिहाङ –१ अमरपुरका २२ वर्षीय भीम लामा र धादिङ घर भएका अन्दाजी २६ वर्षका विनोद लामा (टिपर चालक)को ज्यान गएको हो ।

रसुवा कन्सट्रक्सन प्रालिले काम गरिरहेको हिलिहाङ गाउँपलिको सुभाङदेखि सडक निर्माणको काम गरेर कोरिडोरको ४ नम्बर क्याम्प अमरपुर फर्किदै गर्दा सालिङ्गे बा २ ग २९२० नम्बरको टिपर दुर्घटना हुँदा उनीहरूकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका भिम रसुवा कन्सट्रक्सनकै पूर्व कर्मचारीसमेत रहेको खुलेको छ । उनी केही महिना अघि मात्रै नेपाली सेनामा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्