नेकपा लेटाङद्वारा चिसाङमा तटबन्धनको अनुगमन

नेकपा लेटाङद्वारा चिसाङमा तटबन्धनको अनुगमन

भूमिका पाख्रिन

लेटाङ कार्तिक २७ 

नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर कमिटी लेटाङले बुधबार लेटाङ नगरपालिका वडा नं.१, २, ३, र ६ नम्बर वडा छुने चिसाङ खोला आसपासका क्षेत्रमा लगाउने क्रममा रहेको तटबन्धनको अनुगमन गरेको छ । सांसद उपेन्द्र घिमिरेको विशेष पहलमा प्रदेश सरकारको ३ करोड ५२ लाखको लागतमा १२ सय मिटर बाँध निर्माण तथा तटबन्धन कार्य जारी छ ।

अनुगमनमा नेकपा जिल्ला कमिटी सदस्य भुपेन्द्र लावती, नगर अध्यक्ष कृष्ण लम्साल अनन्त, जनप्रतिनिधिका तर्फबाट नगर उपप्रमुख कृष्णकुमारी पोखरेल निरौला लगायत विभिन्न वडाका वडाध्यक्षको उपस्थिती रहेको थियो । त्यसै गरी अनुगमनका क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरु समेत बाक्लो संख्यामा उपस्थित रहेका थिए । अनुगमनका क्रममा बोल्दै नेकपा नगर अध्यक्ष कृष्ण लम्साल अनन्तले तटबन्धनको काममा गुणस्तरमा कुनै सम्झौता नगर्न ठेकेदारहरुसँग आग्रह गरे ।

त्यसैगरी अनुगमनका क्रममा बोल्दै नगर उपप्रमुख कृष्ण कुमारी पोखरेल निरौलाले खोला आसपास तटबन्धन नहुँदा खोलाले खेत कटान गरी गाँउ वस्ती नै जोखिममा परेको हुँदा अब तटबन्धनका काम सम्पन्न भएपश्चात त्यस्ता जोखिमबाट मुक्त हुने विश्वास व्यक्त गरीन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्