फिल्म ‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक , यस्तो बन्यो ट्रेलर

फिल्म ‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक , यस्तो बन्यो ट्रेलर

काठमाडौं । पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने बिषयमाबस्तुमा निर्माण भएको फिल्म ‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीको कमलपोखरी स्थित बिग मुभिजमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

तीन बेरोजगार पात्र भित्र रुमलिएको यो फिल्मको ट्रेलर कमेडीले भरिएको छ । कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा अभिषेक नेपाल, समिर श्रेष्ठ, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, विना कार्की, अस्मिता खनाल, अभोन राजलगायतका कलाकारको अभिनय रहेको छ ।

प्राबिधिक, अभिनय लगायत सबै पक्षबाट फिल्म उत्कृष्ट बनाउन आफुले कुनै कसुर नराखेको कार्यक्रममा निर्देशक  योञ्जनले बताए । ‘फिल्मका लागि स्टारकास्ट महत्व पुर्ण होइन’ उनले थपे ‘कथा र पात्र उत्कृष्ट बनाउनु पर्छ ।’

ह्याप्पी प्ल्यानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा बनेको फिल्मका गौतम शाह सह निर्माता हुन् ।

दीपक आर्जेको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, कृष्ण भण्डारीको सम्पादन र अनिश स्याङ्गदेनको छायाँकन फिल्ममा रहेको छ ।

https://www.youtube.com/watch?v=JBr5DYhG6L8&feature=emb_logo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्