चर्चित भारतीय गायिका लता मंगशेकरको स्वास्थ्यमा उल्लेख्य सुधार

<span class='c1'>चर्चित भारतीय गायिका लता</span> <span class='c2'>मंगशेकरको स्वास्थ्यमा उल्लेख्य सुधार</span>

चर्चित भारतीय गायिका लता मंगशेकरको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । बिहीबार उनको मृत्युको हल्ला चलेपछि उनको परिवारले त्यसको खण्डन गर्दै लताको स्वास्थ्यमा सुधार भैरहेको जानकारी दिएको हो । उनको परिवारले एक प्रेस विज्ञप्ति जारी गर्दै लता दिदी स्वस्थ भएको र उनको स्वास्थ्यमा राम्रो सुधार आएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लता दिदी स्वस्थ्य हुनुहुन्छ । उहाँको स्वास्थ्यमा राम्रो सुधार भएको छ । हामीले उहाँलाई घर ल्याएका छौं । उहाँप्रति सहानुभूति र स्वास्थयलाभ गर्नेहरु सबैलाई धन्यवाद छ ।’

९० वर्षीया लतालाई छातिको संक्रमण भएपछि आइतबार राती मुम्बईको ब्रिज केन्डी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आइसीयुमा समेत राखिएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्