धनकुटा। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको विषयमा नेपाल र भारतबीच छलफल भइरहेको दाबी गरेका छन् ।
शुक्रबार धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित सभामा उनले सीमाको विषय दुई देशबीचको भएकाले उच्चस्तरमा कुरा भइरहेको जिकिर गरे ।
कार्यक्रममा प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश–१ का प्रत्येक सहिदभूमिलाई नमुना गाउँ बनाउनका लागि एक/एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।