इँट्टा भट्टामा जिउँदै मान्छे जलाएका कांग्रेस नेता आलम जेल चलान

इँट्टा भट्टामा जिउँदै मान्छे जलाएका कांग्रेस नेता आलम जेल चलान

रौतहट। रौतहटको राजपुर बम बिस्फोट घटनामा मुख्य अभियुक्त कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलम पूर्वपक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले शुक्रबार आलमलाई पूर्व पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतको इजलास नं. ४ न्यायाधीश दिपक ढकाल थुनछेक बहस पश्चात आलमलाई थुनामा राख्न आदेश दिएका हुन् । आलमको पक्ष र विपक्षमा झन्डै ९ दिनसम्म थुनछेक बहस चलेको थियो ।

अलादतमा वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ९ दिनसम्म बहस गरेका थिए ।बहस सकिए लगत्तै इजलासमा न्यायाधीश दीपक ढकालले पीडित भनिएका श्रीनारायण सिंह र प्रतिवादी आलमलाई घटनाबारे सोधपुछ समेत गरेका थिए । पीडितले न्यायाधीशसमक्ष आ–आफ्ना कुरा राखेका थिए ।

पहिलो संविधानस्भा निर्वाचनको अघिल्लो दिन राजपुरमा भएको बिस्फोटको घटनामा सरुअठाका त्रिलोक प्रतापसिङ र ओसी अख्तरलाई जिउँदै चिम्नीमा हालेर मारेको आरोपमा आलमलाई पक्राउ गरी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बिस्फोट भडारणको मुद्दामा जन्मकैदको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन पत्र दर्ता गरेको थियो ।
शक्तिको आडमा बम विस्फोट घटनाबाट उम्किदै आएका आलमलाई गएको असोज २६ गते नेता प्रहरीले पक्राउ गरेको थियो ।

आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ । २०६४ साल चैत्र २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो दिन आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्