आलमलाई थुनामा पठाउने न्यायाधीश र वकिलले जिल्ला छाडे, सुरक्षा नोटिस जारी

आलमलाई थुनामा पठाउने न्यायाधीश र वकिलले जिल्ला छाडे, सुरक्षा नोटिस जारी

राैतहट । कांग्रेस नेता एवं पूर्वमन्त्री माेहम्मद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश पछि न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडेका छन्। जिल्ला अदालत रौतहटले शुक्रबार आलमलाई थुनामा पठाउने आदेश गरेको थियो।

ईटा भट्टिमा मान्छे जलाएको आरोपमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाे हाे। उनी थुनामा गएपनि सुरक्षा थ्रेट भएपछि न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद्लाई आग्रह गरेका थिए।

आदेश दिएलगत्तै उनले जिल्ला छाड्ने तयारी गरेकाे जानकारी न्यायपरिषद् र सर्वोच्च अदालतमा गराएका थिए।

आलमविरुद्ध बहस जाहेरी दर्ता गरेका जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणिन्द्रराज कटवालले पनि रौतहट छोडेका छन्। उनी पनि सरुवाको माग गर्दै शुक्रबार नै रौतहटबाट हिँडेका हुन्। कटवालले आदेशपछि आफू असुरक्षित रहेको जानकारी महान्यायाधिवक्ता रमण श्रेष्ठलाई गराएका थिए। जानकारी गराएसँगै उनी काठमाडौं हिडेकाे बताइएकाे छ।

अदालते जारी गर्‍याे सुरक्षा नोटिस
जाहेरीवाला र साक्षीको सुरक्षामा विशेष व्यवस्था गर्न अदालतले चारबुँदे आदेश दिएको छ। सुरक्षित रूपमा अदालत ल्याउने, बसोवाससम्म सुरक्षित रूपमा पुर्‍याउने, संरक्षणगृह वा कुनै संस्थामा बसोवास गर्ने व्यवस्था मिलाउने, व्यक्तिगत बासस्थानको सुरक्षा मिलाउने तथा उनीहरूका सुरक्षामा खलल पुर्‍याएमा कानुनी कारबाही गर्नसमेत अदालतले आदेश भनेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्