विजयकुमार गच्छदार अख्तियारमा, ललिता निवास प्रकरण बारे अख्तियारले लियो बयान

विजयकुमार गच्छदार अख्तियारमा, ललिता  निवास प्रकरण बारे  अख्तियारले लियो बयान

काठमाडौँ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा सारेको विषयमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसँग बयान लिएको छ । भौतिक योजना तथा निर्माण मन्त्रीको हैसियतले मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने क्रममा उनी बहुचर्चित ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएका हुन् ।

‘केही दिनअघि उहासँग बयान भएको हो’ अख्तियार स्रोतले कान्तिपुरसित भन्यो, ‘आफूमाथिको आरोप इन्कार गर्नुभएको छ । प्रधानमन्त्रीको निवास विस्तारका क्रममा आफूले लगेको सैद्धान्तिक प्रस्तावमा बद्‌नियत थिएन भन्ने उहाँको दाबी छ ।’ विवादास्पद निर्णय हुनुअघि गच्छदारले समेत प्रस्तावमा केही निर्णय गरेका कारण अख्तियाले बोलाएको थियो । अब केही दिनमै ललिता निवासको जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा लैजाने निर्णय हुनेछ । गच्छदारको बरेमा मुद्दा चल्ने वा नचल्ने भन्नेबारे केही टुंगो लागेको छैन ।कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्