प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा थापा , घिमिरे आर्थिक सल्लाहकार र थपलिया विकास विज्ञ

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा थापा , घिमिरे आर्थिक सल्लाहकार र थपलिया विकास विज्ञ

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजि सचिवालय पुनर्गठन गरेका छन् । मन्त्रीपरिषद्को शुक्रबारको बैठकले प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा, आर्थिक मामिला सल्लाहकारमा पूर्व सचिव लालशंकर घिमेर र विकास विज्ञमा इन्जिनियर गजेन्द्र थपलीयालाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री ओलीको सचिवालयमा रहेका छ जनाले केही दिन अघि राजिनामा दिएका थिए । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट सल्लाहकार राजन भट्टराई लगायतको भने प्रधानमन्त्री सचिवालयमा यथावत रहेका छन् ।

नवनियुक्तहरु मध्ये थापालाई राज्यमन्त्री, घिमिरेलाई सहायकमन्त्री र थपलीयालाई विशिष्ट श्रेणीको सुविधा हुनेगरी नियुक्त गरिएको हो । थापा नौ बर्ष अघि तत्कालिन एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि सहायकमन्त्री सरहको प्रेस सल्लाहकार भएका थिए । थापा अहिले राज्यमन्त्री सरहको प्रधानमन्त्रीको सल्लाहकार बनेका हुन् ।

तत्कालीन एमाले निकट बुधबार साप्ताहिकको सम्पादक बनेका थापाले प्रचार विभाग सचिव हुदै एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि पनि प्रचार विभागको उपप्रमुख र पर्यटन विभागको प्रमुखको जिम्मेवारी एकैपटक सम्हालेका थिए । पार्टी एकतापछि पनि थापा नेकपाको प्रचार विभाग उपप्रमुख भए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्