इलामको सूर्योदय नगरपालिकामा मङ्सिर १४ बाट सूर्योदय महोत्सव

इलामको सूर्योदय नगरपालिकामा मङ्सिर १४ बाट सूर्योदय महोत्सव

काठमाडौं कात्तिक ३० । इलामको सूर्योदय नगरपालिकाले मंसिरमा प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्न लागेको छ ।
सरकारको घोषणा गरेको १ सय पर्यटन गन्तब्यभित्र पर्ने सूर्याेदयमा मंसिर १४ देखि १८ सम्म महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जनाएको छ ।

इलामको कन्याम फिक्कल श्रीअन्तु सर्किट निर्माण गरी पर्यटकीय क्षेत्रको जानकारी दिन र पर्यटकलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको नगरपालिकाका मेयर रणबहादुर राइले बताए ।

५० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा नगरपालिकाले २५ लाख रुपैयाँ लगानी गर्नेछ । महोत्सव आयोजना गर्न सुर्योदय नगरपालिकाले भारतको मिरिक नगरपालिका तथा दार्जलिङको स्थानीय सरकारसँग पनि सहकार्य गर्न लागेको उनले जानकारी दिए ।

पहाडी क्षेत्रमा भारतसँग सिमाना जोडिएको एक मात्र पक्की सुगम सडक मार्गबाट इलाम भित्रने पर्यटक बढिरहेको उनको भनाई छ । पर्यटकहरु सूर्योदय अवलोकन गर्ने डाँडा श्रीअन्तु, चिया बगान फिक्कल, भारतसँग सिमाना जोडिएको बजार पशुपतिनगर, रेड पाण्डा संरक्षण स्थल गोर्खेलगायतका स्थानमा महोत्सव भर विभिन्न सांस्कृतिक कार्यक्रम गरिने छ ।

पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामलाई पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्ने तयारी भइरहेको जानकारी दिए । ७३ चिया उद्योग रहेको नगरापालिकालाई टि टेस्टिङ सेन्टरको रुपमा विकास गर्ने तयारी भइरहेको सूर्याेदय ९ का अध्यक्ष देबेन्द्र शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्