जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको ज्यान गयो

जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको ज्यान गयो

चितवन । दक्षिण चितवनको ठोरी–माडी सडकखण्ड अन्तर्गत पुरानो अमुवा पोष्ट नजिकै जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको ज्यान गएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर १ बरुवाका बाबु बाबुराम पौडेल र छोरा राजु पौडेल रहेका छन् ।

आज (शनिबार) बिहान मोटरसाइकलमा पर्साको ठोरीबाट चितवनको माडीतर्फ आउँदै गरेका उनीहरुको  जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिए ।
ठोरीबाट माडीतर्फ आउँदै गर्दा आज बिहान करिब साढे ७ बजे जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्