नेपाली राष्ट्रिय फुटबल टोलीका चारजना महत्वपूर्ण खेलाडीमाथि अनुशासनको कारबाही

नेपाली राष्ट्रिय फुटबल टोलीका चारजना महत्वपूर्ण खेलाडीमाथि अनुशासनको कारबाही

काठमाडौं, कात्तिक ३० गते ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले कुवेत विरुद्ध स्पर्धा गर्ने राष्ट्रिय फुटबल टोलीका चारजना महत्वपूर्ण खेलाडीमाथि अनुशासनको कारबाही गरेको छ ।

एन्फाले स्टार फोरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई कुवेत विरुद्ध खेल्ने टोलीबाट बर्खास्त गरेको छ । चारैजनाको स्थानमा वैकल्पिक खेलाडी भुटानको थिम्पु प्रस्थान गर्नेछन् । नेपाली टोली शनिबार अपरान्ह भुटान प्रस्थान गदैछ ।

भुटान प्रस्थान गर्नुअघि शुक्रबार अबेर राति चारैजना खेलाडी ठमेलको नाइट क्लबमा देखिएपछि मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहपछि कारबाही गरेको जनाइएको छ । भुटानमा नेपालले मंसिर ३ गते कुवेत विरुद्ध विश्वकप फुटबल २०२२ को छनोट खेल खेल्ने तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्