मोरङको राजघाटबाट वनभोज खान गएको बस इलाममा दुर्घटना, ११ जना घाईते

मोरङको राजघाटबाट वनभोज खान गएको बस इलाममा दुर्घटना, ११ जना घाईते

विराटनगर । मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङ्ग्मा भएको सवारी दुर्घटनामा १० जना घाईते भएका छन। मोरङ्गको उर्लाबारी राजघाटबाट कन्याम बनभोज खाएर फर्कदै गरेको बस रोङ्ग गाउपालिका ३ कोल्बुङ्गमा शनिबार साँझ दुर्घट्नामा परेको हो ।
देउसी भैलो समुहले बनभोजको लागि इलामको कन्याम पुगेर वनभोज खाएर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । को १ ख ५३३८ नम्बरको बस दुर्घटना भएको हो।
दुर्घटनामा सुरज पमु, निर्मल बराल, सन्तबहादुर लिम्बू लगायत ११ जना घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि झापा पठाएको प्रहरी चौकी किटेनिका प्रहरी नायब निरीक्षक भोजकुमार रञ्जितकारले बताए । बस सडकबाट करिव १० मिटर तला खसेको थियो । घाईते १० जना मध्ये ५ जनाको बिएण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । घाईतेहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्