तेह्रथुमको ‘ह्यातुङ झरना’को संरक्षण र सम्वद्र्धन हुन सकेन

तेह्रथुमको ‘ह्यातुङ झरना’को संरक्षण र सम्वद्र्धन हुन सकेन

तेह्रथुम । दक्षिण एसिया कै अग्लो झरनाको रुपमा परिचित तेह्रथुमको ‘ह्यातुङ झरना’को संरक्षण र सम्वद्र्धन हुन सकेको छैन ।पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको यस झरनालाई प्रवद्र्धनका निम्ति सम्बन्धित निकायले चासो नदिँदा पर्यटक तान्न सकेको छैन ।

फेदाप गाउँपालिकामा रहेको ३ सय ६५ मिटर अग्लो ‘ह्यातुङ्ग झरना’ तेह्रथुमकै प्रमुख पर्यटकीय गन्तव्य हो । साबिकको गाविस सम्दु र इसिवुको सीमानामा रहेको यस झरनामा प्रत्येक दिनजसो देखिने सप्तरङगी इन्दे्रेणीको दृष्यले मन लोभ्याउने गर्दछ । यो दृष्य हेर्नका लागि युवा तथा वृद्धहरुसमेत आउने गरेको पर्यटक बताउँछन् ।

मध्यपहाडी लोकमार्गको सम्दु सडक खण्डबाट एक घण्टाको पैदल दुरीमा पुग्न सकिने यो झरनाको प्रचार प्रसार र उचित व्यवस्थापन हुन सकेको छैन । निजी तथा सरकारी स्तरबाट व्यवस्थापनका लागि पहल नहुँदा पर्यटकीय महत्व बोकेको यो झरना ओझेलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्