झापामा १ हजार ७ सय हेक्टर नेपाली भूमि भारतीयको अतिक्रमणमा

<span class='c1'>झापामा १ हजार ७ सय</span> <span class='c2'>हेक्टर नेपाली भूमि भारतीयको अतिक्रमणमा</span>

झापा, ०१ मंसिर । नेपाल-भारत सीमा अतिक्रमणको विवाद चलिरहेको बेला पूर्वको झापामा पनि ठूलो क्षेत्रफलमा सीमा अतिक्रमण भएको पाइएको छ ।

भारतसँग सीमा जोडिएको झापाको १ सय १८ किलोमिटर सीमा क्षेत्रमा १ हजार ७ सय हेक्टर नेपाली भू–भाग भारतले अतिक्रमण गरेको हो ।

भारतले अहिले ती विवादित सीमा क्षेत्र आफ्नो ‘गुगल म्याप’ मा समेत समावेश गरिसकेको देखिन्छ । भारतले पूर्वको सीमाना झापाको मेची नदीको विभिन्न ८ तटीय क्षेत्र, मेचीपारिको गाउँ, कचनकवलको पाठामारी, साबिक महेशपुर, लगायत ठाउँहरुमा नेपाली भू-भाग मिचिएको स्थानीय तथा सीमाविद्हरुले बताएका छन् ।

कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका करिब २० घर, मेचीपारिको सन्थाल बस्तीको ७ घर, मेचीनगरस्थित भान्सा खोलाका ११ परिवार बसेको नेपाली भू–भाग २०५२ सालअघि नेपालमै थियो ।

तर, भारतीय प्रशासन, सुरक्षा फौज तथा भारतीय नागरिकले विभिन्न बहानामा नेपाली भू-भाग आफ्नो भएको दाबी गर्ने गरेको भद्रपुर-३, मेचीपारी गाउँका श्रीप्रसाद महत्तोले बताए ।

१०४ र १०५ नम्बर सीमा पिल्लरले घेरिएको गाउँलाई भारतले नेपाली बस्ती जोगाएर ‘भी’ आकारले नेपाली भूमि कब्जामा लिइसकेको छ । २०२० सालमा अहिले भारतले कब्जामा लिइसकेको भू–भागबाट मेची नदी बगेको इतिहास छ ।

१०४ नम्बर पिल्लर नजिकै भारतको सन्थालबस्ती छ । पहिला त्यो बस्ती नेपालमा थियो । नेपालको धनिपूर्जा भएका स्थानीय २० वर्षपछि भारतीय नागरिक भएको भारतीय नागरिक सम र्मुर्मु बताउँछन् ।

भारतमा ब्रिटिश शासन भएको बेला नेपाल–भारतबीच भएको सुगौली सन्धी बमोजिम दुवै देशको सीमा जंङगे पिल्लरले छुट्याइएको थियो । जङ्गे पिल्लरलाई सीमा पिलर मानेर सीमावर्ती आसपासका क्षेत्रमा बर्षौदेखि नेपाली बसोबास गर्दै आइरहेका थिए ।

पूर्वको सीमाना मेचीनदीको बहाब परिवर्तन र बाढीका कारण सीमास्तम्भ बगाउदा भारतले २०४३ सालतिर सीमा मिच्न सुरु गरेको पाइएको छ । २०५२ सालमा आफूले भोगचलन गर्दै आएको नेपाली भूमीको धनीपूर्जा बनाउन खोज्दा पूरै भूमि भारततर्फ परेपछि झापाबासी समस्या परेको प्राध्यापक तथा सीमाविद् चिन्तामणी दाहालले बताए ।

पटक–पटक भारतीयले दादागिरी शैलीमा बर्षौंदेखि नेपाली भूमी कब्जा गरिरहँदा पनि स्थानीय प्रशासन र सरकारले खासै चासो नदिएकोमा सीमावर्ती क्षेत्रका नागरिकको गुनासो छ ।
नेपालतर्फ दशगजा क्षेत्रको सुरक्षा प्रभावकारी नभएकाल सीमामा भारतीयको दबदबा बर्षौंदेखि रहेको उनीहरुको भनाइ छ । -न्युज २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्