विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीलाई लेटाङमा अबलोकन भ्रमण

विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीलाई लेटाङमा अबलोकन भ्रमण

विराटनगर । विराटनगरको शिक्षादीप कलेजले शैक्षिक अबलोकनको क्रममा मोरङको लेटाङमा अबलोकन भ्रमण गराएको छ । हरेक बर्ष झै यस पटक पनि जैविक भ्रमणको लागि विराटनगरबाट लेटाङ लगेको हो ।
विराटनगर १० मा रहेको कलेजले विज्ञान संकायका विद्यार्थीहरुलाई मोरङको लेटाङ्ग नगरपालिका र भोगटेनी नगरपालिकाको विचमा पर्ने चिसाङ खोलामा जैविक भ्रमण गराएको थियो । कलेजले १२ औँ व्याचका विद्यार्थीहरुलाई शनिबार चिसाङ खोलाको बगर तथा जंगल क्षेत्रमा जैविक विविधता सम्बन्धि अध्ययन तथा अवलोकन गराएको हो ।
कलेजका ५ सय बढी विद्यार्थीहरुलाई १२ वटा गाडी रिजर्भ गरी पोसाकमा फरक–फरक समुहमा विभाजित गरेर खोलाका किनारमा बिभिन्न वस्तु, जीव तथा वनस्पतीको अध्ययन गरेका छन् ।
विद्यार्थीहरुलाई कलेजका विज्ञान संकायका शिक्षकहरुले सहजीकरण गरेका थिए । पर्यावरण, पारिस्थितीक प्रणाली र वनस्पती, जीव विज्ञान सम्बन्धि वैज्ञानिक अनुसन्धानको आधारमा खोज तथा अनुसन्धान गराईएको प्राध्यापक ललित नारायाण मण्डलले बताए ।
कलेजले हरेक बर्ष आफ्ना विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान प्रदान गर्नको लागि बिभिन्न क्षेत्रमा भ्रमणका लागि लग्दै आएको छ । कलेजका प्राचार्य ज्ञानु खड्काले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहरिक ज्ञान हाँसिल गराउन स्थलगत अध्ययन गराउने गरिएको बताए ।
विद्यार्थीहरुलाई जीव विज्ञान सम्बन्धि स्थलगत शैक्षिक अध्ययनसँगै अवलोकन समेत गराइएको थियो ।स्थलगत अध्ययन गरेपछि विज्ञान विषयका विद्यार्थीहरुलाई परीक्षामा प्रयोगात्मक अभ्यासमा सहयोग पुग्ने जीव विज्ञान विषयका प्राध्यापक रामचन्द्र अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्