विराटनगर । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले माग र आवश्यकताका आधारमा शिक्षा प्रदान गरिनु पर्ने बताएका छन् । विराटनगरमा रहेको निहारिका कलेजमा आईतवार भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले अहिलेको शिक्षा प्रणालीले बेरोजगार उत्पादन गरिरहेको बताए । ‘अब भने माग र आवश्यकतालाई ध्यानमा राखेर मात्र शिक्षा दिईनु पर्छ, उनले भने, ‘बजारको माग र आवश्यकतालाई प्राथमिकतामा राखेर शिक्षा दिन सके बेरोजगारको अवस्था कम भएर जान्छ ।’
मन्त्री घिमिरेले समृद्धिको आधार कृषि, जलस्रोत र पर्यटन रहेको भन्दै यिनै तीनवटा क्षेत्रमा उत्पादित जनशक्ति खपत हुने स्पष्ट पारे । अहिले संघीय शिक्षा ऐन नबनिसकेको अवस्थामा प्रदेशलाई पनि समस्या रहेको मन्त्री घिमिरेले बताए ।
निहारिका कलेजले नयाँ आएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी दिँदै पढाई हुने बिषयमा बताएका थिए ।
हाल कलेजले बिएस सिएसआटी, बिएचआइएम,बिसिए, बिआइएम र बिबिएस अध्ययन अध्यापन गर्दे आएको छ ।
यस्तै कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई विद्यालयका क्याम्सप प्रमुख अमित ढकाल, अध्यक्ष रुपेश खतिवडा, मन्त्री घिमिरेलगायतले सम्मान गरे ।