एसएसबीको ज्यादती : सन्दकपुर डाँडामा जान र तस्विर खिच्न रोक

एसएसबीको ज्यादती : सन्दकपुर डाँडामा जान र तस्विर खिच्न रोक

इलाम । भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले सीमा क्षेत्रमा रहेको सन्दकपुर(३ हजार ६ सय ३६ मिटर उचाइ)को भ्यू प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ ।

एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्विर खिच्न निषेध गरेको सूचना बोर्ड त्यहीं राखेको छ ।

एसएसबीले यसअघि सन्दकपुर चुचुरो जान, घुम्न, तस्विर खिच्न यस्तो निषेध गरेको थिएन ।

अहिले तस्विर खिच्न नदिने मात्र होइन, खिचिसकेको तस्विर डिलिट(मेट्न) गर्न लगाउने गरेको दुखेसो पर्यटकहरुको छ ।

पूर्वाधारविहीन यो चुचुरोमा भ्यू प्वाइन्ट बनाउने सन्दकपुर गाउँपालिकाको प्रयास असफल पारेपछि एसएसबीले त्यहाँ प्रवेशमा कडाइ गरेको हो । -नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्