काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका न्यायाधिवक्ता खडिन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ । रौतहट बम बिस्फोटका आरोपित पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिए लगत्तै काठमाडौं आएका कटवालको आइतबार मकवानपुर जिल्ला सरकारी वकिलको कार्यालयमा सरुवा भएको स्रोतले बताएको छ ।आलमको मुद्दामा अनुसन्धान भए लगत्तै प्रहरीले कटवालको सुरक्षाका लागि अंगरक्षक खटाएको थियो ।