पूर्वाञ्चल विश्वविद्यालय उपकुलपतिको सिफारिस १९ गतेभित्र गरिने

पूर्वाञ्चल विश्वविद्यालय उपकुलपतिको सिफारिस १९ गतेभित्र गरिने

विराटनगर । उपकुलपति रिक्त रहेका विश्वविद्यालयहरूका लागि यही मङ्सिर १९ गतेभित्र व्यक्ति सिफारिस गरिने भएको छ । पूर्वाञ्चल, नेपाल संस्कृत, कृषि तथा वन, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पोखरा विश्वविद्यालयमा उपकुलपति रिक्त छन् भने नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद रिक्त छ ।

राष्ट्रिय योजना आयोगका शिक्षा हेर्नुहुने सदस्य डा. उषा झाले मङ्सिर १९ गतेभित्रमा पदाधिकारी नियुक्तिका लागि हरेक विश्वविद्यालयका लागि तीन, तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसक्ने जानकारी दिइन् । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्