पूर्वाञ्चल विश्वविद्यालय लगायत उपकुलपति रिक्त रहेकाको विश्वविद्यालयको सिफारिस १९ गतेभित्र

पूर्वाञ्चल विश्वविद्यालय लगायत उपकुलपति रिक्त रहेकाको विश्वविद्यालयको सिफारिस १९ गतेभित्र

काठमाडौँ, मङ्सिर २ गते । उपकुलपति रिक्त रहेका विश्वविद्यालयहरूका लागि यही मङ्सिर १९ गतेभित्र व्यक्ति सिफारिस गरिने भएको छ । पूर्वाञ्चल, नेपाल संस्कृत, कृषि तथा वन, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पोखरा विश्वविद्यालयमा उपकुलपति रिक्त छन् भने नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद रिक्त छ ।
राष्ट्रिय योजना आयोगका शिक्षा हेर्नुहुने सदस्य डा. उषा झाले मङ्सिर १९ गतेभित्रमा पदाधिकारी नियुक्तिका लागि हरेक विश्वविद्यालयका लागि तीन, तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसक्ने जानकारी दिनुभयो । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने व्यवस्था छ ।
डा. झा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति सिफारिस समितिका संयोजक तथा पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति सिफारिस समितिका सदस्य हुनुहुन्छ । नेपालको विश्वविद्यालयको इतिहासमै पहिलो पटक उपकुलपति र सेवा आयोगको अध्यक्षका लागि रोस्टर तयार गर्न लागिएको हो । रोस्टरका लागि सार्वजनिक सूचना जारी गरी रोस्टर आवेदन आह्वान गरिएको थियो । उपकुलपति रिक्त रहेका सबै विश्वविद्यालयमा गरी २५० जनाको आवेदन परेकोमा सिफारिस समितिले १७८ जनाको प्रारम्भिक रोस्टर तयार गरेको छ । प्राध्यापन गरेको न्यूनतम १५ वर्ष नपुगेका र सहप्राध्यापकले दिएका आवेदनलाई समितिले सो रोस्टरमा समावेश गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्