बिज्ञान : टायर किन कालो हुन्छ ?

बिज्ञान  : टायर किन कालो हुन्छ ?

एजेन्सी
जुनसुकै चालक, पैदल यात्रु वा सबारीसाधनमा यात्रा गर्नेलाई टायर कालो हुन्छ भने जानकारी हुन्छ वा भनौं टायरको रङ्ग कालै हुन्छ ध्रुब सत्य हो भनेर मस्तिष्कमा कल्पना आउँछ । तर तपाईले कहिले सोच्नुभएको छ, टायरको रङ्ग कालो नै किन हुन्छ ?
टायर प्राकृतिक रबरको बोटबाट निर्माण हुन्छ । बोटबाट निस्किने दुधिलो सेता पदार्थले नै रबर बन्छ । तर त्यै रबर विभिन्न माध्यम र प्रशोधन भई कालो टायरको रुपमा विकसित हुन्छ । किन ? सबारीसाधन गुडने टायर कालो हुनुको मुख्य कारण रासायनिक यौगिक ‘कार्बन ब्लैक’ हो । यसको उपयोग एउटा स्थिर रासायनको रुपमा गरिन्छ, जुन गुडन सक्ने टायर बनाउन पोलिमरसँग संयुक्त हुन्छ ।

एकपटक रबरसँग जोडिएपछि, कार्बन ब्लैकले टायरको शक्ति र स्थायित्व बढाउँछ । एक प्रकारले कार्बन ब्लैकले टायरको अवधि विस्तार गर्छ । त्यत्ति मात्र नभई कार्बन ब्लैकले सबारी साधन गुडाउन सुरक्षा समेत प्रत्याभूति र प्रभावित गर्छ । पछिल्लो केही समय यता रङ्गीन टायरको प्रयोग गरिएको छ तर उक्त टायरलाई दैनिक र नियमित प्रयोगको लागि उपयुक्त मानिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्