झापामा तास खेल्ने १७ जना पक्राउ

झापामा तास खेल्ने १७ जना पक्राउ

झापा । झापाको भद्रपुरबाट प्रहरीले ् १७ जना जुवाडेलाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका ५ बाट तास खेलिरहेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । आईतवार राती ११ बजेको समयमा भद्रपुर नगरपालिका–५ मा रहेको पुल हाउसमा तास खेलिरहेको अबस्थामा पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा तथा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेका भद्रपुरकै संजित घोस, बिजय साह, देबेन्द्र राजबशी, कृष्ण अग्रवाल, सागर खड्का, बलदेव राजबशी, अमरदिप घोस, राजिप सहनी, रुपेश झा, रवी राजबशी, अनुज दास, गणेश सिह, कबिर क्षेत्री, शिब महतो, संजिप साह, श्रवण कामती र बुद्ध नारायण महतोलाई पक्राउ गरेको हो । तासको खालबाट प्रहरीले नगद २ लाख २६ हजार ५४२ रुपैयाँ सहित १ बुक तास र १६ थान मोवाईल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्